वैवाहिक जीवनमा बाँधिए मनाेज

मुख्य समाचार राजनीति समाचार

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज विवाह गरेका हुन् । मञ्जु पाेखरेलसँग विवाह गरेको मनोजले जानकारी दिएका छन् । आज बिहान डोलेश्वर महादेव पुगेर परिवारको उपस्थितिमा विवाह गरेको उनले जानकारी दिए ।

उनले जीवन सधैँ सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्दन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पारे । “लामो वैवाहिक जीवन ४ वर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु पनि जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबु–नानीको आग्रह पनि यस्तै आउन थाल्यो ।”

पोखरे नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । “पोखरेलजीसँग चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं । एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं,” उनले लेखेका छन्, “अगाडि आईपर्ने सुख दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्धत गर्यो ।”