४ कार्तिक २०७८, बिहीबार

राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

kamdardainik.com (First, Fast & Accurate)

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिएका छन्। मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले शुभकामना सन्देश दिएका हुन्। उनले सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताए।

उनले लेखेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं।’

यस वर्ष पूर्वराजा शाहले महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले जनाएको छ। कोरोना भाइरसको महामारीको असहजताका कारण सो कार्यक्रम नगर्ने जनाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *