४ कार्तिक २०७८, बिहीबार

NRNA KOREA ले बडा दशैँ २०७८ को शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने

kamdardainik.com (First, Fast & Accurate)

 

सन्तोष खड्का 

सौल, दक्षिण कोरिया 

 

नेपालीहरुको महान पर्व विजया दशमी तथा बडादशैँ २०७८ सालको सुखद उपल्क्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया NRNA KOREA ले “बडा दशैँ शुभकामना आदान-प्रदान “कार्यक्रम यही आउँदो शुक्रबार बेलुकी सात बजे( अक्टोबर १५) गर्ने भएको छ।

 

कोरोना कहरका बिच पनि नेपाली सस्कृति र परम्परालाई निरन्तरता दिनुको साथै कोरियामा भएका सम्पूर्ण नेपाली समुदायलाई दसैँको सम्झनाले नपिरोलोस् भन्ने उदेश्यले जुम मार्फत उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दिपक पुनले बताउनुभयो।

 

भब्य कार्यक्रम गर्ने मन हुँदा हुँदै पनि कोरोनाको संक्रमण दर बढिरहेको हुनाले  भर्चुअल माध्यमबाट कार्यक्रम गर्नु पर्ने बाध्यता भएको बताउँदै कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई  भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी महासचिव रोशन भट्टराईले अनुरोध समेत गरेका छन्।

 

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले बिगतमा दसैँ कार्यक्रम भव्यताका साथ सञ्चालन गर्दै आएको थियो। यसपालीको कार्यक्रमको प्रत्यक्ष प्रसारण गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको फेसबुक पेज बाट लाइभ हुनेछ। गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले गरेको निमन्त्रणा निम्न अनुसार रहेको छ।

 

हार्दिक निम्नत्रणा
बडा दशैँ २०७८, को शुभकामना आदान-प्रदान कार्यक्रम

नेपालीहरुको महान पर्व विजया दशमी तथा बडादशैँ २०७८ सालको सुखद उपल्क्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया NRNA KOREA ले “बडा दशैँ शुभकामना आदान-प्रदान “ञ कार्यक्रम तपशिल मिति र समयमा आयोजना गर्न गई रहेको हुदा यस संस्थाका संरक्षक/ सल्लाहकार/ पुर्व तथा वर्तमान ICC प्रतिनिधि/ व्यास्थापक/ लेखा सदस्य/ पुर्व तथा वर्तमान कार्यसमिति सदस्य/ पंजीकृत सदस्य साथै पत्रकार साथीहरु एवंम दक्षीण कोरियामा रहेका सम्पूर्ण क्षेत्रिय संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा सहभागिताका लागि NRNA KOREA हार्दिक अनुरोध गर्दछ।

कार्यक्रम विवरण यसप्रकार रहेको छ
कार्यक्रम शिर्षक: बडा दशैँ शुभकामना आदान-प्रदान कार्यक्रम
मिति: सन् २०२१-१०-१५ शुक्रबार
समय: साझ ०७:०० बजे

मध्यम: भर्चुल, जुम
जुम आईडि: 878 3228 8168
जुम पासकोड: 123456
जुम लिंक: https://us02web.zoom.us/j/87832288168?pwd=WjhzZy9vMVhuV21yd0tSaFJXamRDQT09

धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *