काठमाडौं । श्री वटु चिक अत् टोल सुधार समाज तथा काठमाडौं महानगर पालिकाको सयुक्त आयोजनामा १५ दिने उद्घोषण कला तालिम कार्यक्रम समपन्न भएको छ ।
उक्त उद्घाटन को उद्घाटन काठमाडौं महानगर पालिका मेयर विधा सुन्दर शाक्यले गर्नु भएको थियो । १५ दिन सम्म संचालित तालिमलाई प्रमुख प्रशिक्षक निर्मल बज्राचार्य र सहायक प्रशिक्षकहरु सरु श्रेष्ठ र कविता श्रेष्ठ प्रशिक्षार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । उक्त तालिमको मख्य उदेश्य बौद्धिक,व्यक्तित्व र नेतित्व बिकास गर्नु रहेको थियो ।
उक्त तालिमका सहभागी ८१ जना प्रशिक्षार्थीहरुलाई तालिम सम्पन्न समारोहका प्रमुख अथिति का.म.ना.पा २२ वडाका वडा अध्यक्ष श्री चिनी काजि महर्जन र सभापति श्री अरुण प्रकाश श्रेष्ठ ज्यु ले प्रशिक्षार्थीहरु प्रमाण पत्र र प्रशिक्षक ज्यु हरु लाइ मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।
कार्यक्रम संयोजक श्री मन्जु श्रेष्ठ यस किसिमको तालिम हरेक बर्ष गर्दै आएकोमा कोभिड १९ ले लामो समय पछी फेरी संचालान गरिएको जानकारी गराउनुभयो । आगामी दिनहरुमा पनि निरन्तर संचालान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस खालको तालिमलाई काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उक्त कार्यक्रम नेपाल आर्दश मा.बि गण हलमा १५ दिन सम्म संचालान भएको थियो र १३ बर्ष देखि ५३ बर्ष समूहका महिला पुरुषहरु सहभागिता थियो ।
