इतिहासकै ठूलो र विविधतायुक्त अन्तरधार्मिक शान्ति प्रार्थना र्‍याली सम्पन्न। 

अन्तराष्ट्रिय समाचार

सियोल , दक्षिण कोरिया – बिभिन्न धर्म परम्पराका विश्वभरबाट बीस हजार भन्दा बढी धार्मिक नेताहरूले विश्वव्यापी रूपमा शान्तिको लागि प्रार्थना गरेका छन। “कोरियाली प्रायद्वीपको पुन: एकीकरण र शान्तिका लागी अन्तरधार्मिक सभा” विषयक समारोह सपन्न भयो।

१० लाख भन्दा बढी मानिसहरूले विभिन्न सामाजिक सञ्जाल र मिडिया प्लेटफर्महरू मार्फत प्रार्थना र्‍यालीमा भाग लिएका थिए , जबकि दक्षिण कोरियाको राजधानी सियोलको उत्तरतर्फ रहेको चोङ्गशिम पीस वर्ल्ड सेन्टरमा कोभिड स्वास्थ्य मापदण्ड पालना गरि १,२०० जना उपस्थित भएका थिए भने अन्यले डिजिटल प्ल्याटफर्मबाट भाग लिएका थिए । यो सम्भवतः इतिहासकै सबैभन्दा ठूलो र सबैभन्दा विविध अन्तरधार्मिक भेला थियो।

डा. सन म्योङ्ग मुन र डा. हाक जा हान मुनद्वारा स्थापित युनिभर्सल पिस फेडेरेसन र वाशिंगटन टाइम्स फाउन्डेशन द्वारा उक्त समारोह आयोजना गरिएको थियो।

विश्वप्रसिद्ध धार्मिक नेत्री पास्टर पाउला ह्वाइटले मदर मुनलाई यो ऐतिहासिक धार्मिक सभा आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। पाउला ह्वाइट विगत २२ वर्षदेखि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका आध्यात्मिक सल्लाहकार हुनुहुन्छ।

पास्टर ह्वाइटले भन्नुभयो , “मदर मुनले आयोजना गर्नुभएको यो र्‍याली कुनै मौसम परिवर्तन नभएर युग परिवर्तन हो। जुन नयाँ एकीकृत कोरिया र ईश्वरको छत्रछायामा एक विश्वको संवाहक बनेर इतिहासमा दर्ज हुनेछ।”

समारोहमा उत्तर र दक्षिण कोरियासँग कूटनीतिक सम्बन्ध भएका १५७ राष्ट्रका ८० सम्प्रदायको प्रतिनिधित्व गर्ने प्रार्थना र शान्तिका सन्देशहरू प्रस्तुत गरिएको थियो।

दक्षिण कोरियाका विभिन्न धर्मका धार्मिक नेतृत्वहरु प्रत्यक्ष सहभागी भई कोरियाली प्रायद्विपमा शान्ती र एकताको लागि ऐक्यबद्धता जनाएका थिए।

साथै विशप मुनिब युनान, प्रोटेस्टेन्टवादको प्रतिनिधित्व गर्ने प्यालेस्टिनी विशप एमेरिटस,
इस्लामबाट इन्डोनेसियाका ग्रान्ड इमाम नसरुद्दीन उमर अन्टर उमत बेरागामा उप-प्रधानमन्त्री (२०११–२०१४) इन्डोनेसियाली धार्मिक मामिला मन्त्रालयबाट,
क्याथोलिक धर्मको प्रतिनिधित्व गरि कार्डिनल केल्भिन फेलिक्स,जापानबाट शिन्टोवादको प्रतिनिधित्व गरि रेभ. तोकुसु मुरे , अफ्रिकी अध्यात्मवादको प्रतिनिधित्व गर्ने अगमवक्ता शमुयल राडेबे बौद्ध धर्मको प्रतिनिधित्व गरि डा. खाय सोभनरत्न, प्रेह सिहानोक राजा
र भारतबाट हिन्दुधर्मको प्रतिनिधित्व गरि आर्ट अफ लिभिङका संस्थापक गुरुदेव श्री श्री रविशंकरले सम्बोधन गर्नुभएको थियो। शान्तिदुत समेत रहनुभएको गुरु रविशंकरलाई भेट्न केही हप्ताअघी मात्र युनिभर्सल पिस फेडेरेसन एसिया प्यासिफिक अध्यक्ष, नेपालका पूर्वशान्तीमन्त्री एकनाथ ढकालसहितको समूह ब्याङ्लोरमा रहेको उहाँको आश्रममा पुग्नुभएको थियो।

मदर मुनको संस्मरण (शान्तीपृय आमा)मदर अफ पिस नामले प्रसिद्ध छ , जसले धार्मिक नेताहरूलाई स्वार्थ ,भौतिकवाद र आत्म-भोगभन्दा माठी उठेर नेतृत्व गर्न आह्वान गर्दछ।

उक्त समारोहमा मदर मुनले , सम्पुर्ण धार्मिक सम्रदायका मानिसहरुलाई आफ्नो धर्मको सच्चा अनुयाइ बनी विश्वशान्तिका लागि आ-आफ्नो तर्फबाट योगदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो ” स्वतन्त्रता, एकता, र खुशीका लागि हामीले हाम्रो सृष्टिकर्ता इश्वरसँग एकाकार हुन सक्नुपर्छ। जसका लागि सम्पुर्ण धार्मिक नेतृत्वले मानवजातीलाई ईश्वरको छत्रछायामा ल्याउन भुमिका खेल्न आवस्यक छ।” उहाँले धार्मिक मानिसहरुले शान्तिको पक्षमा उभिएर कोरियाली प्रायद्विपमा शान्ती स्थापना गर्न गहन भुमिका खेल्न पनि सुझाउनु भयो।

३ घन्टाको उक्त कार्यक्रममा विश्वस्तरिय मनोरञ्जन प्रस्तुत गरिएको थियो । जसमा लिटिल एन्जल्स लोक ब्याले, अन्तर्राष्ट्रिय शान्ति गायक, पवित्र बौद्ध धर्मग्रन्थहरूको धार्मिक प्रस्तुति, र एक परम्परागत कोरियाली गायन समावेश थियो।

उक्त शान्ती प्रार्थना र्‍यालीमा नेपालबाट विभिन्न धर्मको प्रतिनिधित्व गरि १२ जना धार्मिक गुरुहरु प्रत्यक्ष सहभागी भएका थिए। जसको नेपालीसहित १४ ओटा भाषामा प्रसारण गरिएको थियो।