कोशीपारी र डाँडापारीका सवै विद्यालयमा निशुल्क कम्युटर र इन्टरनेट सेवा

मुख्य समाचार समाचार

सुसन सापकोटा
छेडा । कोशीपारीमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको शुक्रबार भव्य स्वागत गरिएको छ । स्वर्णिम सरस्वती युवा क्लब चांैरिदेउरली–४, काभ्रेद्वारा आयोजित एक समारोह उद्घाटनका लागि पुग्नु भएका मन्त्री बाँस्कोटालाई भव्य स्वागत गरिएको हो । कोशीपारी छेडा स्थित सरस्वती मा.विमा भएको कार्यक्रम उद्घाटन पछि उहाँले काभ्रेको विकट क्षेत्र कोशीपारी र डाँडापारीका सबै विद्यालयहरुमा आगामी बैशाख १ गतेबाट निशुल्क इन्टरनेट सेवा सहित कम्प्युटर वितरण गर्ने बताउनु भयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो ‘अब कोशीपारी र डाँडापारीका सबै विद्यालयमा फ्रि इन्टरनेट सहितको कम्प्युटर वितरण गरेर सबै विद्यालय प्रविधि युक्त विद्यालय बनाउने सरकारको योजना अब कार्यन्वयन हुन्छ ।’ एक थरी मान्छेहरु सरकारको उठ्दा पनि बिरोध सुत्दा पनि बिरोध गरेको बताउँदै उहाँले २२ वर्षसम्म सरकार चलाउनेहरुले अहिलेको समस्या नदेखेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले आफूले चलाएको मन्त्रालयको प्रसंग उठाउँदै नेपाल टेलिकमले १ रुपैयाँ दिने डाटा सर्भिस एनसेलले ३ रुपैयाँ लिने गरेको समेत खुलासा गर्नुभयो ।
यसैगरी कार्यक्रममा काभ्रे क्षेत्र नं १ का सांसद् गंगाबहादुर तामाङ्ग (बमध्वज)ले चुनावमा आफूहरुले जनाएको प्रतिवद्धता धमाधम पूरा गरिरहेको दावी गर्नुभयो । प्रतिवद्धता अनुसार खानेपानी, सडक, विद्युत् लगायतका क्षेत्रमा कार्य अगाडि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘निर्वाचनमा तपाईहरु सामु जे–जे प्रतिबद्धता जाहेर गरेका छौं, हामी कार्यन्वयन गर्ने अभियानमा नै छौ ।’ ‘तेमालमा खानेपानी अभाब अब मुक्त हुनेछ, डाडापारी र सदरमुकाम जोड्ने बाटो निर्माण हुँदैछ । बिद्युत प्रसारण गर्दैछौ ।’ उहाँले विरोधीहरुको हल्लाले निराश नहुन कोशीपारीका जनतालाई आह्वान गर्दै सरकारले सरकारले गरेको कामको प्रतिफल समेत छिट्टै पाइने बताउनु भयो । यसैगरी चांैरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले अबको डेढ वर्ष भित्र गाउँपालिका भित्रका सबै घर–घरमा खानेपानी बताउनु भयो । ‘गाउँपालिका भित्र प्रत्येक गाउँ र वडामा सडक पुगी सकेको छ । यहाँ खानेपानीको अभाव छ ।’ अध्यक्ष गौतमले भन्नुभयो ‘यो वर्षलाई हामीले खानेपानीको बर्षको रुपमा कार्यक्रम अघि सारेका छौं । डेढ बर्ष भित्र हरेक घरमा खानेपानी पुग्छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले आफ्नो गाउँ पालिका भित्र मोवाईलको नेटवर्क नआएको गुनासो गर्दै सबै ठाउँमा मोवाईल टिप्ने बनाउन सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा समक्ष माग राख्नु भएको थियो । उहाँले जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएकोले प्राबिधिक शिक्षा आबश्यक रहेको भन्दै यसको लागि समेत सहयोग गर्न मन्त्री बाँस्कोटा समक्ष माग गर्नुभएको थियो । चौरीदेउराली गापा भित्र रहेको १२ वटा माविलाई प्राबिधिक शिक्षामा बिकास गर्ने लक्ष्य रहेकोले यसमा पनि मन्त्रीको सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो । यसैगरी कार्यक्रमा काभ्रे जिल्ला क्षेत्र नं. १ (क)बाट निर्वाचित प्रादेशिक सांसद् रत्न ढकालले जनप्रतिनिधिहरुलाई सधैं खबरदारी गर्न अनुरोध गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले खेलकुद राष्ट्र निर्माणको लागि महत्वपूर्ण क्षेत्र भएकोले यसको समग्र विकासको लागि आफू सधैं लाग्ने प्रतिबद्धता जनाउनु भयो । ‘राष्ट्र निर्माणको महत्वपूर्ण क्षेत्र खेल हो ।’ उहाँले भन्नुभयो ‘खेलकुद क्षेत्रलाई अगाडि बढाउन र विकास गर्न म सधैं तपाईंहरुको साथमा हुनेछु ।’ आफूहरु निर्वाचित भएको एक वर्ष वितिसकेको बताउँदै यो बीचमा नेताहरु गाउँ–गाउँमा नआएको हल्ला गरिएको बताउनु भयो । ‘नेताहरु कता गए भन्ने प्रश्न हिजोको हो अहिलेको होइन । अहिले जनताको आँगनमा नेताहरु छन् । यो सरकारले गरेको असल काम पचाउन गाह्रो हुनेहरुले गरेको हल्ला मात्र हो ।’ उहाँले सरकारले केही नगरेको भन्ने हल्ला गर्नेहरुलाई इंगित गर्दै कोशीपारी सबै सडक पिचको प्रकृयामा रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा काभ्रेका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । त्यसैगरी कोशीपारी चौंरी देउराली गाउँपालिकाका स्थानीयहरु, जनप्रतिनिधिहरु, बुद्धीजीविहरु, व्यापारी, व्यवसायीहरु, जिल्लाका सञ्चारकर्मीहरुको पनि कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रमलाई सफल बनाउन सो क्षेत्रका नेकपाका युवा नेता दिपक गौतम लगायतको टोली एक हप्तादेखि सोही क्षेत्रमा क्रियाशील रहेका थिए ।