काठमाडाैं | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय तहलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् ।
नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पारे । शनिवार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानको मर्म र भावनाविपरीत कुनै पनि तहको निर्वाचनमा जान नहुने बताए ।
उनले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिन भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने पनि बताएका छन् ।
यसैबीच कांग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरिएको बताए । उनले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोहीलाई उपयोगी हुने विश्वाससमेत व्यक्त गरे ।
