नवलपुर समाज दक्षिण कोरियाको अध्यक्षमा पुन हेम पाठक

कोरियाअपडेट समाचार

सुमन कार्की 

सौल, दक्षिण कोरिया 

नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न भएको छ ।नवलपुर समाज दक्षिण कोरियाको तेश्रो अधिबेसन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुमबाट र प्रत्यक्ष उपस्थित सउलमा गराएर सम्पन्न भएको हो।

 

अधिवेशनबाट हेम पाठकको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ । कार्यक्रम कृष्ण डुम्रेको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित अधिवेशनवाट हेम पाठक अध्यक्ष , हरि कन्डेल बरिष्ठ उपाध्यक्ष र सचिबमा राजु पाण्डे लाइ सर्बसम्मत चयन गरेको छ ।

 

त्यसै गरी उपाध्यक्ष श्रीधर कंडेल, उपाध्यक्ष मनोज पगेनि, उपाध्यक्ष प्रकाश थापा, तथा सह-सचिव किशोर वस्याल,कोषाध्यक्ष अम्रित भुर्तेल,सह-कोषाध्यक्ष पुनम पाठक र सदस्य हरु योगेश घिमिरे,सन्तोष भट्टराई, तिर्थ पाण्डे, धुर्व गुरुङ चयन भएका छन्।

 

अध्यक्ष हेम पाठक लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई  कामदार दैनिक परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ।