काठमाडौं । भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने कराते खेलाडिको एक कार्यक्रमबीच शुक्रबार विदाई गरिएको छ । कराते टोलाीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङ्गले खादा र अविर लगाएर विदाई गर्नुभयो । उहाँले खेलाडिहरुलाई सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
डिसेम्बर २३ र २४ सम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’को नेतृत्वमा ११ सदस्यीय खेलाडिहरुको टोली शनिवार प्रस्थान गर्दैछ । प्रतियोगितामा चिल्ड्रेन ९ देखि १० वर्ष उमेर समुहमा रेहन जावेद, ४५ के.जी तौल समुहमा वाङचुक तामाङ्ग, ५५ के.जीमा रामविश्वास राउत कुर्मी, ७५ के.जीमा सोनम बलामी तथा महिला तर्फ ५० के.जीमा दिलासा श्रेष्ठ र ५५ के.जी तौल समुहमा रश्मिता श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन् ।
यसैगरी निर्णायक शुरेन्द्र श्रेष्ठ, अफिसियल पुष्पराज गिरी, मोहम्मद जावेद मुशलमान र अस्मा बानु र व्यवस्थापक रामबहादुर गुरुङ्ग सहितको टोली प्रतियोगितामा सहभागी हुँदैछन्। विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य एवं नेपाल बक्सिङ्ग संघका उपाध्यक्ष अर्जुनबहादुर के.सी, नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, नेपाल हाप्किडो मार्शल आर्ट संघका अध्यक्ष कालीबहादुर घर्तीमगर लगायतका अथितिहरुले प्रतियोगि खेलाडि तथा सहभागी टोलीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
