सन्तोष खड्का
सौल, दक्षिण कोरिया ।
“राष्ट्रिय लोकदोहोरी दिवस”को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, द-कोरिया शाखाले कार्यक्रम गर्ने भएको छ।कार्यक्रम यही फाल्गुन 29 गते “राष्ट्रिय लोकदोहोरी दिवस”को अवसरमा प्रतिस्ठान कोरिया शाखाले प्रत्यक्ष भेटघाट गर्ने सहज परिस्थिती नभएकोले भर्चुअल रुपमा जुम मार्फत रमाइलो सांगितिक कार्यक्रम गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, द-कोरिया शाखाका अध्यक्ष शुरज के.सीले बताएका छन्।

कार्यक्रम यही फाल्गुन 29 गते आइतबारका दिन दिउसोँ १ बजेबाट सुरु हुनेछ। उक्त कार्यक्रमको जुम आईडिः 7234642360 र पासवर्ड ः lokdohori रहेको छ।
