बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार छविलाल थारु विजयी हुनुभएको छ । उहाँले १३ हजार छ मत हासिल गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पद्मप्रसाद ढकालले १० हजार ३५१ मत पाउनुभयो ।
त्यस्तै उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकी रत्नाकुमारी पाण्डे १२ हजार ४९१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गर्नुभयो ।
