वाग्मती गाउँपालिकाको अध्यक्षमा घलान विजयी

राजनीति समाचार

मकवानपुरको वाग्मती गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्केश घलान सात हजार ३८४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालय मकवानपुर हेटाँैडाले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम जर्गा मगरले छ हजार १६६ मत प्राप्त गर्नुभएको बताइएको छ । त्यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फणीन्द्र तिमिल्सिनाले सात हजार ९३५ मत ल्याएर विजयी हुनुभएको सो कार्यालयले जनाएको छ ।

मतगणना हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया स्याङ्तानले चार हजार ६६९ मत ल्याउनुभएको हो । यसअघि धनमाया २०७४ सालको निर्वाचनमा उक्त पार्टीका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो ।