मेघनाथ पौँडेल
सौल, दक्षिण कोरिया ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता २०२२ गर्ने भएको छ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाका अध्यक्ष सुनेस के.सी का अनुसार उक्त कार्यक्रम जुलाइ महिना (गर्मि बिदा)मा “म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता २०२२” को रुपमा आयोजना गर्न लागिएको हो। खेल संयोजक पुस्कल पुनका अनुसार खेल स्थान चाडैँ जानकारी गराइने छ।
