म्याग्दी प्रवासी नेपाली संघ कोरियाले जुलाई ३१मा म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता गर्ने

कोरियाअपडेट खेलकुद

मेघनाथ पौँडेल

सौल, दक्षिण कोरिया ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता जुलाई ३१, २०२२ गर्ने भएको छ।बिकाश , अनुशासन , गतिशीलता भन्ने मुल नाराका साथ प्रतिस्प्रधात्मक भलिबल खेल प्रतियोगिता हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाका अध्यक्ष सुनेस के.सीले बताए।

 

आजु युनिभर्सिटी सुवनमा हुन लागेको म्याग्दी रनिङ्ग कप २०२२मा प्रथम पुरस्कार : १५००००० वन, दित्तीय पुरस्कार :९०००००वन, तेर्स्रो पुरस्कार ३५००००वन  (दुइ टिम लाइ ) राशिको हुनेछ र टिम दर्ता शुल्क ३५०,०००कोरियन वन लाग्नेछ। उक्त दिनमा महिला भलिबल खेल पनि खेलाइने साथै मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना )दक्षिण कोरियाले बताएको छ।

प्रतियोगिता निम्न अनुसार हुनेछः
मिति : जुलाई -३१ (आइतबार )
स्थान : आजु युनिभर्सिटी सुवन
खेल संयोजक
पुस्कल पुन -०१०७२६३३३६८
अध्यक्ष :
सुनेश के सी -०१०५८२१९३५७