१४९ मतान्तरले अष्ट बहादुर श्रेष्ठ पुनः अध्यक्षमा विजयी

मुख्य समाचार समाचार

दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २४ आंै वार्षिक साधारण सभा तथा निर्वाचन सभा सम्पन्न
विष्णुप्रसाद चौलागाईं दोलालघाट । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २४ आंै वार्षिक साधारण सभा तथा निर्वाचन सभा सम्पन्न भएको छ । उक्त २४ आंै वार्षिक साधारण सभा तथा निर्वाचन सभाबाट १४९ मतान्तरले अष्ट बहादुर श्रेष्ठ पुनः अध्यक्षमा विजयी भएका छन् । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको मतदाता संख्या ५६५ जना रहेको मा ४८२ मत खसेको थियो । उक्त निर्वाचनमा अध्यक्षका उम्मेदवार अष्ट बहादुर श्रेष्ठले ३०५ मत प्राप्त गरे भने अर्का प्रत्यासी उद्धव खरेलले १५६ मत प्राप्त गरेका थिए । त्यसैगरी सचिवमा विशाल श्रेष्ठले २६२ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी कमल नारायण श्रेष्ठले १९१ मत प्राप्त गरेका थिए । त्यसैगरी सहसचिवमा रामकृष्ण श्रेष्ठले २९५ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी रञ्जु कुमारी १६० मत प्राप्त गरेकी थिइन् । त्यसैगरी उपाध्यक्षमा सुन्दर लामा, कोषाध्यक्षमा सुन्दर श्रेष्ठ, सदस्यहरुमा जाल ब. विक, सविन राय, समिका श्रेष्ठ र सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । लेखा संयोजकमा छविरमन पराजुली, लेखा सदस्यमा दिलीप श्रेष्ठ निर्विरोध चयन भएका थिए । ११ सदस्यीय कार्यसमितिमा २ जना सदस्य पुनः मनोनयन हुने छन् भने लेखा समितिमा १ जना सदस्य मनोनयन हुने छन् । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २४ आंै वार्षिक साधारण सभा तथा निर्वाचन सभा अष्ट बहादुर श्रेष्ठ सभापतित्वमा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि भुम्लु गाँउपालिकाका अध्यक्ष गुमान ध्वज कुँवरले दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब सामान्य संस्था भएर पनि उच्च स्तरीय कार्य गर्दै आएको र समाजमा राम्रो छाप छोड्न सफल भएको बताउनुभयो । यस सामाजिक संस्थालाई गाँउपालिकाले पनि सहयोग गरिरहेको र आउने दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख व्यक्तित्व पूर्व श्रमराज्य मन्त्री गोविन्द नाथ उप्रेतीले यस भन्दा अगाडीका पूर्व अध्यक्ष तथा कार्यसमिति सदस्यहरुले आ–आफ्नो कार्यकालमा सकेको काम गरे । २०७१ बाट निर्वाचित अध्यक्ष अष्ट बहादुर श्रेष्ठको नेतृत्वको कार्यसमितिले हाल सम्म दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबमा निकै उदाहरणीय कार्यहरु गर्दै आएको भनि प्रशंसा गर्नुभयो । कार्यक्रमका विशेष अतिथि भुम्लु गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठले दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब काभ्रे जिल्लामै नमुना क्लब रहेको बताउनुभयो ।
दोलालघाट चौकीका असई तारामणी श्रेष्ठको कमाण्डमा कडा सुरक्षा र व्यवस्था बीच पूर्ण रुपले शान्त वातावरणमा भएको निर्वाचनमा निर्वाचन संयोजकमा समाजसेवी एवं मण्डन देउपुर न.पा. १२ का वडा अध्यक्ष गोविन्द पराजुली हुनुहुन्थ्यो । निकै प्रतिस्पर्धा हुने आङ्कलन गरिएको उक्त निर्वाचन को अन्तिम नतिजाबाट आफूलाई दुई तिहाई मतले अध्यक्ष पदमा विजयी हुन पाउदा आउने दिनहरुमा काम गर्न अझ हौसला मिलेको अध्यक्ष अष्ट बहादुर श्रेष्ठले काभ्रेपोष्टलाई बताउनुभयो । अध्यक्ष अष्ट बहादुर श्रेष्ठले काभ्रेपोष्टलाई भने – सदस्य÷कोषाध्यक्ष हुँदै १२ वर्ष सेवा गरेको तथा ४ वर्ष नेतृत्व सम्हाली समाजमा गरेको सामाजिक सेवा, दुख त्याग तपस्या र संस्थाप्रतिको लगनशिलता उच्च अनि सही मुल्याकंन गर्दै पुन ः एक पटक निर्वाचित बनाएकोमा आफू निकै हर्षित भएको र यस बहमुल्य मतको ऋण समाजमा अझै उदाहरणीय कार्य गरेर तिर्ने छु । निर्वाचित साथीहरु तथा पराजित मित्रहरुलाई समेत साथ लिई, आवश्यक वुद्धीजीविहरु सँग राय, सल्लाह लिदै समावेशी ढङ्गमा नयाँ÷नयाँ योजना ल्याई सामाजिक उन्नतिको निम्ति अगडा बढ्ने पनि अध्यक्ष अष्ट बहादुर श्रेष्ठले काभ्रेपोष्टलाई बताए । निर्वाचित कार्यसमितिका अध्यक्ष अष्ट बहादुर श्रेष्ठ, उपाध्यक्ष सुन्दर लामा, सचिव विशाल श्रेष्ठ, सहसचिव रामकृष्ण श्रेष्ठ, कोषाध्यक्ष सुन्दर श्रेष्ठ, सदस्यहरु जाल बहादुर विक, सुजन श्रेष्ठ, समिका श्रेष्ठ र सविन राय, लेखा संयोजक छविरमण पराजुली, लेखा सदस्य दिलीप श्रेष्ठले यो चुनाव नेतृत्व लिनको लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई प्रयोग गरिएको हो । जीत हार लाई तुलना नगरि एक आपसमा भाइचारको हिसावमा सबै पक्षलाई समेटी हातेमालो गर्दै लाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
२०५१ सालमा स्थापना भएको दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले आफ्नै क्लब भवन, इरिक्सा सञ्चालन(दैनिक फोहोर संकलन÷सरसफाई), एम्बुलेम्स सेवा सञ्चालन, स्वास्थ्य शिविर सञ्चालन र खेलकुदका कार्यक्रम गर्दै आएको छ । त्यसैगरी दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबले शिक्षा क्षेत्रमा छात्रवृति प्रदान, सडक बत्ति व्यवस्थापन, चेतनामूलक कार्य, शारीरिक सुगठन, सार्वजनिक शौचालय, दोलालधार महोत्व २, तीज विशेष कार्यक्रम पनि संचालन गरिसकेको छ । त्यसैगरी एम्बुलेन्स सेवा अन्तर्गत ६,५०,००० ।– अक्षेरुपी छ लाख पचास हजार रुपैया मुद्दती वचतमा राखि ग्रामिण भेगमा सेवा दिइरहेको छ । दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लब काभ्रे जिल्लामै सामाजिक क्षेत्रमा नमुना सामाजिक क्लबको रुपमा चिनिने गरेको छ ।