NRNA ख्यङसाङनाम्दो बुसान शाखाको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा सानुराज मगर

कोरियाअपडेट समाचार

सन्तोष खडका

सौल, दक्षिण कोरिया

  

एन. आर. एनए ख्यङसाङनाम्दो बुसान शाखा . कोरियाले बुसान शहरको किम्हे स्थित GKS HALL मा मिति २०२२//०३ तारिखनेपालीका लागि नेपालीभन्ने मुलनाराका साथ विशेष अधिवेशन सम्पन्न गरेको छ।

संस्थाका कार्यबाहक अध्यक्ष सानुराज मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा NRNA केन्द्र . कोरियाकाअध्यक्ष दिपक पुनको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिमा NRNA केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जीव कुमार राई साथमा निवर्तमान अध्यक्ष श्री  भेषराज दाहाल अतिथिहरुमा क्षेत्रीय तथा विभिन्न जातीय संघ संस्था प्रतिनिधिहरु, अन्य समाजसेवी, राजनीति तथा पेशा व्यवसायीहरु लगाएतको उपस्थिति रहेको थियो।

    कार्यसमितिका सचिव गोकुल पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वगत मन्तव्य उपाध्यक्ष थिर बहादुर भण्डारीले

गरेका थिए भने महिला उपाध्यक्ष योगिता

गौतम सहकोषाध्यक्ष कमला घले ले खादा व्याच वितरण गरेका थिए।

कार्यक्रममा उपस्थित अतिथि, विशिष्ट अतिथिहरु लगायत प्रमुख अतिथिले शुभकामना मन्तव्य राख्दै संस्था बारेमा थप प्रष्ट पारेकाथिए। संस्थाका कोषाध्यक्ष  सन्जीव बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे संगै पुरानै कार्यसमिति वाट सर्वसम्मतले कार्यबाहकअध्यक्ष श्री सानुराज मगर लाई नै कार्यकारी अध्यक्षमा चयन गरि १५ सदस्य समिति गठन भएको घोषणा भएको थियो। साथै यस क्षेत्रमारहेका क्रियासिल क्षेत्रीय तथा जातिय संघ संस्थालाई पनि समेट्दै बिधानतकार्यसमितिको पहिलो पुर्ण बैठकबाट आवस्यकता अनुसारबिधान सम्बत मनोनित गरि संस्थालाई पुर्णता दिई अगाडि बढाउने निर्णय सर्व सम्मतले पारित गरि विशेष अधिवेशन सम्पन्न भएको घोषणा भएको थियो।

उपस्थित सम्पूर्णलाई आयोजक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् .कोरिया क्षेत्रीय कार्यसमिति ख्यङसाङले हार्दिक धन्यवाद् व्यक्त गरेको छ।