सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
यहि आउदो जुलाई १०, २०२२, आईतवार जल्लाबुक्दोको छन्जुमा नेपाली राजदूतावास सउलको आयोजनामा श्रमिकका समस्या, घरफिर्ती तयारी तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा अन्तर्क्रिया कार्यक्रम संचालन हुने भएको छ।
राजदूतावासले कोरियाको छन्जु माईग्रेन्ट सेन्टर छन्जुको सभाहलमा आउदो जुलाई १०, २०२२, आइतबारका दिन मध्याह्न १२ बजे उक्तकार्यक्रम गर्न लागेको कोरियाका लागि श्रम काउन्स्लर रमा भट्टराईले जानकारी दिएकी छन् ।
नेपाली राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ती तथा राजदूतावासले प्रदानगर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ ।
यसो गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिनेदुतावासको बुझाइ छ ।
जन्जु र वरीपरी क्षेत्रमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई कार्यक्रममा सहभागि हुन नेपाली राजदूतावास सउललेबिशेष अनुरोध गरेको छ। कार्यक्रममा सहभागि हुनको लागि छन्जुमा सक्रिय विभिन्न नेपाली समाजका प्रतिनिधि तथा छन्जु माईग्रेन्ट सेन्टरकी नेपाल प्रमुख सोममाया लिम्बु लाई सम्पर्क गर्न सकिने छ। उक्त कार्यक्रममा GmoneyTrans रेमिट रसिदार्थ बैंकको सम्पुर्ण सेवा समेत लिन सकिने आयोजकले बताएको छ।
कार्यक्रम तालिका निम्न रहेको छ।
मितिः १० जुलाई २०२२
समयः १२ बजे
स्थानः छन्जु माईग्रेन्ट सेन्टरको सभाहल, जल्लाबुक्दो।
