सौल/ दक्षिण कोरिया
नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन जुलाई ३१ तारिखमा हुनेभएको छ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन जुलाई ३१ तारिखको दिन हुने जानकारी दिएको हो।
यस अघि जुलाई १७ तारिखका दिन कार्यक्रम गर्ने भनिए पनि विशेष कारणबस नेपाल पत्रकार महासंघ कोरिया शाखाले उक्त अधिवेशन कार्यक्रम सार्नुपरेको उल्लेख गरेको छ ।
पत्रकार महासंघले अधिवेशन सफल पार्नको निमित्त तीन सदस्यीय निर्वाचन मण्डल पनि घोषणा गरेको छ महासङ्घको संरक्षक रूद्र शर्माको संयोजकत्वमा पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व अध्यक्ष अशोक मैनाली र पत्रकार महासंघ दक्षिण कोरियाका पूर्व कोषाध्यक्ष गिरिराज रहेका छन्।
महासंघले पत्रकार महासंघ दक्षिण कोरियाको अधिवेशन सफल पार्नको निमित्त कोरियामा रहनुभएका क्रियाशिल पत्रकार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि जातीय, क्षेत्रीय संस्तः विद्यार्थी र विभिन्न पेशामा आवद्ध नेपालीहरु उपस्थितिको लागि अनुरोध गरेको छ।
