मगर संघ कोरिया किम्हे-बुसान शाखाको जुलाई १७ मा हुने भलिबल प्रतियोगिताको तयारी पुरा

कोरियाअपडेट समाचार

शुसिल खनाल

सौल/दक्षिण कोरिया

नेपाल मगर संघ दक्षिण कोरिया किम्हेबुसान शाखाले जुलाई १७ तारिखमा गर्ने  खुल्ला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुराभएको आयोजकले बताएको छ।

स्वस्थ जीवन मनोरञ्जनको लागि अब खेल्छ नेपाली परदेशमै भलिबलभन्ने मुल नारा सहित नेपालको रास्ट्रिय खेल भलिबलप्रबर्द्धन गर्ने हेतुलेप्रथम सहिद लखन थापा स्मृति खुल्ला भलिबल प्रतियोगिता२०२२आयोजना गर्न लागेको हो।

यश प्रतियोगितामा दक्षिण कोरियामा रहने सम्पूर्ण भलिबलप्रेमी खेलाडीहरू सहभागी हुन लागेको अहिले सम्म २१ टिमले नाम दर्तागरिसकेकोले आफुहरु ज्यादै उत्साही भएको संस्थाका अध्यक्षधन सलामी मगरले बताए।

उक्त कार्यक्रममा प्रथम हुने प्रतियोगि खेलाडी टिमले २० लाख वन,ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने दोस्रो हुनेले १० लाख वन ट्रफी मेडल प्रमाणपत्र सहितको पुरस्कार पाउनेछन् त्यसैगरि तेस्रो हुने खेलाडी टिमले लाख वन ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् साथै उत्कृष्ट खेलाडिले लाख वन ट्रफी मेडल प्रमाण पत्र पाउनेछन्

प्रतियोगिता  17 जुलाई आइतबार बिहान :३० बजे देखि शुरु हुनेछ। सहभागी भलिबल टिमहरुको खेल तालिका निम्न अनुसार रहेको छ।