कोरियामा अगष्ट २८ तारिखमा ‘हरितालिका तिज बिशेष’ कार्यक्रम गरिने

कोरियाअपडेट

दिवाकर चौलागाईं, सौल।

दक्षिण कोरियामा ‘हरितालिका तिज बिशेष’ कार्यक्रम गरिने भएको छ।  नेपाली महिलाहरुको महान पर्व तिजको अवशर पारेर महिलाहरुको साझा सस्था वुमन फोर वुमनले अगष्ट २८ तारिकका दिन भव्यरुपमा तिज कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष पार्वती मोक्तानले नंया दैनिकीलाई बताउनुभएको छ।

उंहाले कार्यक्रमको ब्रिस्तित विवरण पछि जानकारी गराउने बताउदै  कोरियामा रहनुहुने दिदि बहिनी लगायत सम्पूर्ण नेपालीहरुलाई हार्दिक आमन्त्रण गर्दै उक्त दिन अरु संघ सस्थाहरुलाई कार्यक्रम नजुधाइदिन हार्दिक अनुरोध गर्नु भएकौ छ।