सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
जिकेयस कोरियाले अक्टोबर ९ तारिकमा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाल सहयोगार्थ “गिम्हे गोल्डकप” गर्ने भएको छ। फुटसल प्रतियोगिता तामाङ संघले गरेको स्थानमै(किम्हे)हुन लागेको जिकेयस कोरियाका प्रमुख प्रसान्त राजबानिंयाले कामदार दैनिक संग बताए। प्रतियोगिताको बिस्तृत जानकारी चाडैं सार्बजनिक गरिने आयोजकले जनाएको छ।
