नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको श्रद्धाञ्जली कार्यक्रम सप्पन्न

कोरियाअपडेट समाचार

सन्तोष खड्का

सौल/ दक्षिण कोरिया ।

नेपाली जनसम्पर्क समिति द कोरियाको क्षेत्रीय समिति क्षेत्र न ८ द्वारा यहि अगस्ट २७ मा द कोरियाको थेसोमा नेपाली काङ्ग्रेसका नेता एबम समाजबादी चिन्तक प्रदीप गिरिको श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

उक्त कार्यक्रम क्षेत्र न ८ का छेत्रीय सभापति दिपक बिश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थीयो।उक्त कार्यक्रममा जनसम्पर्क समिति द कोरियाको संगठन बिभाग प्रमुख बिनोद बुढाथोकी ,निबर्तमान संगठन बिभाग प्रमुख खेमराज देबकोटाले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन क्षेत्रीय उपसभापति भेनस क्षेत्रीले गरेका थिए।

कार्यक्रममा बोल्दै संगठन बिभाग प्रमुख बिनोद बुढाथोकीले नेता गिरि नेपाली राजनीतिमा कहिल्यै कार्यकारी पदको अपेक्षा नगर्ने नेता भएको र वहाँ जस्ता नेताको निधनले नैतिकवान नेताको खडेरी परेको र वहाको बिचार अबलम्बन गरे मात्रै वहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने बताए।

त्यस्तै निबर्तमान संगठन बिभाग प्रमुख खेमराज देबकोटाले
गिरि नेपाली राजनीतिको एक उज्वल नक्षत्र , बिपिको सच्चा अनुयायी,गान्धीबादी भएको र वहाँको निधनले नेपाली राजनीतिमा अपुरणिय क्षति भएको बताए।

 

कार्यक्रममा ब्यस्त समयको बाबजुद उपस्थित सबैलाई सभापति बिश्वकर्माले धन्यवाद दिएका थिए।कार्यक्रममा क्षेत्र न८ का जनसम्पर्क समितिको कृयाशिल सदस्य हरुको बाक्लो उपस्थिति थियो।