सन्तोष खड्का
सौल/ दक्षिण कोरिया
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले यहि सेप्टेम्बर ४ का दिन सौलको दोङदेमुन स्थित नमस्ते रेष्टुरेन्टको सभा हलमा बिहान ठिक १०ः३० बजे नेपाली काङ्ग्रेसका नेता एबम समाजबादी चिन्तक स्व.प्रदीप गिरिको श्रद्धाञ्जली सभा गर्ने भएको छ।

जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्रीले नेपाली काङ्ग्रेसका नेता एबम समाजबादी चिन्तक स्व.प्रदीप गिरिको निधनले समग्र राष्टलाई नै ठुलो क्षति पुगेको बताउदैं ऊहाको श्रद्धाञ्जली सभामा उपस्थित हुन सबैलाई हार्दिक अनुरोध गरेका छन्।
मिति: सेप्टेम्बर ४, २०२२ (आइतबार)
स्थान: नमस्ते रेष्टुरेन्ट (동묘앞역, Exit – 6)
समय: बिहानको १०:३०बजे
