पर्वत समाज दक्षिण कोरियाको बनभोज कार्यक्रमको सम्पुर्ण तयारी पुरा नब नियुक्त राजदुतको प्रमुख आतिथ्यता रहने

कोरियाअपडेट

कमला केसी
दक्षिण कोरिया 

नेपालिहरुको महान चाड बिजया दशमी तथा कोरियनहरुको महान चाड छुसकको अवसर पारेर पर्वत समाज दक्षिण कोरियाद्वारा आयोजित वनभोज तथा वृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बनभोज कार्यक्रमका संयोजक श्रवण कुमार श्रेष्ठले बताए।

2022 सेप्टेम्बर १० र ११ शनिबार र आइतवारका दिन हुन लागिरहेको बनभोज कार्यक्रमलाई सम्बोधन गर्नका लागि दक्षिण कोरियाका लागि नब नियुक्त राजदुत प्रा. डा. ज्योति प्याकुरेल (भन्डारि )को प्रमुख आतिथ्यता रहने समाजका अध्यक्ष नबिन प्रसाद उपाध्यायले जानकारी दिए।

पर्वतबासि अग्रज, दाजुभाई दिदी बहिनहरु , प्रवासी नेपाली मुलत रोजगार र बिबिध उदेश्य र लक्ष्यहरु लिएर दक्षिण कोरियामा बिभिन्न क्षेत्रमा कार्यरत सम्पुर्णमा सुख दुःख र अफ्ठ्यारा हरेक परिस्थिति सहकार्य गर्ने उदेश्य साथ गठित पर्वत समाज दक्षिण कोरियाले आयोजना गरेको पहिलो बनभोज कार्यक्रम भएको हुनाले भव्यरुपमा सफल पार्न पर्वतबासी सम्पूर्णको दायित्व र कर्तव्य रहेको भन्दै आ-आफ्नो क्षेत्रबाट सहयोगी भुमिका निर्वाह गरिदिनुहुन संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक केसीले अनुरोध गरेका छन्।

बनभोज कार्यक्रममा साधारण सदस्यता बितरण एब विबिध सांस्कृतिक कार्यक्रम समेत रहेको आयोजक पर्वत समाजले जानकारी गराएको छ।
बनबोजमा उपस्थितका लागि तल दिएको ठेगानालाई अवलोकन गर्न सकिने छ ।
서울 강북구 삼야로 118 길 206
No .Line काे 신설동역 बाट Light green line ko Train चढेर Last station 북한산우이역 काे 2 No gata बाट निस्केपछि गाडी काे ब्यबस्था गरिएको छ । (2 No gate बाट सिधा हिडेर जादा पनि करिब 10 मिनेट) लाग्ने कार्यक्रमका संयोजक श्रवण श्रेष्ठले बताए।