संखुवासभा जिल्ला क्षेत्र न. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्त्यक्ष तर्फ भक्त नारायणको उम्मेदारी

राजनीति समाचार

कामदार दैनिक

काठमाण्डौं।

आगामी २०७९ साल मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा संखुवासभा जिल्ला क्षेत्र न. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्त्यक्ष तर्फ पूर्व नेपाली सेनाका कर्तब्य निष्ट समाजसेवी खादबारी नगरपालिका वडा न.५ माल्टा मा जन्मनु भएका भक्त नारायण श्रेष्ठ घण्टी बाहक चिन्हको उम्मेदवार बन्नु भएको छ ।

उहाँ बिगत लामो समय देखि देशको राजनीतिक स्थितिलाई नियाल्दै, बुझ्दै आइरहनु भएको थियो । देश को यस्तो अवेबस्थित राजनीति देखेर वाक्क, दिक्क भएर आब आफैले देशलाई आफ्नो क्षेत्रबात केहि गर्नु पर्छ भन्ने अठोतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार बनेको बताउनुभएको छ। यसको लागि संखुवासभा जिल्ला क्षेत्र न. १ का सम्पूर्ण आमाबुबा दाजुभाई दिदीबहिनी हरुको साथ र सहयोग पाउनेमा आफु बिस्वस्त रहेको र आफ्नो मुख्य एजेन्डामा भष्टाचार अन्त्य गरि,देशलाई शुसासन तर्फ लैजानी र बाटो, अस्पताल ,पर्यटन ,बेरोजगारी , कृषि लगाएत अन्य क्षेत्र हरुमा क्रर्मिक रुपमा विकास निर्माण को कामहरु गर्ने योजना  रहेको बताउनुभएको छ।