सौल।नेपाली लोकप्रिय चलचित्र झिँगेदाउ दक्षिण कोरियामा दुई ठुला सहरमा प्रदर्शनमा आउने भएको छ। कोरियाको राजधानी सौल र बुसान सहरमा चलचित्र प्रदर्शनमा आउन लागेको हो।
चलचित्र झिंगेदाउ नोभेम्बर ६ तारीखका दिन राजधानी सौल तथा १३ तारिखमा दोश्रो ठुलो सहर बुसानमा प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रसिद्धि हास्यव्यङ्ग लेखक भीमनिधि तिवारीले २००८ सालमा सोही नाममा लेखेको कथामाथि सिनेमा बनाइएको छ। यो कथा २००८ सालमा नेपाल भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको ‘नेपाली सामाजिक कहानी’को अन्तरे भागमा समाविष्ट छ।
चलचित्रमा आँचल शर्मा, केकी अधिकारी, मुकुन भुषाल, कुशल विष्ट, हिउबाला गौतम, अन्शु महर्जन, आयान खड्का, संगम भण्डारी, विजय देउजा, अभयराज बराल, पासा. टि शेर्पा, आशा भुषालको अभिनय रहेको छ।
नेपालका दुर्गम भेगमा ज्वलन्त रहेका बालबालिकाका तथा शिक्षाका समस्याहरुलाई यो चलचित्रले दर्शाएको आयोजकको भनाई छ। नेपाल-कोरिया फ्रेन्डसीप कम्युनिटीले यो चलचित्रबाट संकलित आम्दानीबाट नेपालमा विकट क्षेत्रमा रहेका बालबालिकाको शिक्षाको क्षेत्रमा सहयोग पुर्याउने बिश्वास लिएको छ।
यसैगरी ५ जना ग्रुपमा टिकट लिएमा २० % छुट तथा Pay hada app download गरेमा पनि 5000 won छुट हुने आयोजकले जनाएको छ।
