प्रतिनिधि सभाका उम्मेदवार एकनाथ ढकालद्वारा प्रतिबद्ता सार्बजनिक

राजनीति समाचार

कामदार दैनिक

काठमाण्डौं।

प्रतिनिधि सभा सदस्यको निर्बाचनमा नेकपा एमालेको सहयोगमा सुर्य चिन्हमा समानुपातिक उम्मेदवार बनेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले आफ्नो प्रतिबद्ता सार्बजनिक गर्नु भएको छ। नेपाल परिवार दलको केन्द्रिय निर्बाचन परिचालन समितिद्वारा आज काठमाडौँमा आजोजित कार्यक्रममा बोल्दै नेता ढकालले संमृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न आफ्नो पार्टीले नेकपा एमाले संग सहकार्य गरेको उल्लेख गर्दै सबैखाले विभेदको अन्त्य र सुसंकृत, समुन्नत तथा समाबेशी नेपाल निर्माणमा नीतिगत योगदान गर्ने आफ्नो सैदान्तिक प्रतिबद्ता रहेको बताए। अध्यक्ष ढकालले एमाले संगको सहकार्य राष्ट्रिय आबस्यकता भएको बताए।

संबिधान सभाका सभासद समेत रहेका ढकालले राष्ट्रियताको संरक्षण, परिबर्तनका उपलब्धिहरुको सस्थागत विकास, युवा स्वरोजगार, पारिबारिक मुल्यमान्यताको जगेर्ना, दिगो शान्ति र शुशासन, लगानी मैत्री वाताबरणको सृजना, वाताबरण संरक्षण तथा अन्तराष्ट्रिय सम्बन्धमा सुधार र राष्ट्रिय स्वार्थ केन्द्रित आर्थिक कुटनीतिलाई बढवा दिने लगाएत बिषयहरु आफ्नो प्राथमिकतामा रहने उल्लेख गर्नु भयो।

अध्यक्ष ढकालले मङ्सिर ४ गते नेपाली मतदातले विकास निर्माणमा असफल तथा यथास्थितिवादी वर्तमान सत्ता गठबन्धनको निरन्तरताको लागि मत दिने कि संमृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने नेपालमै सर्बाधिक लोकप्रिय तथा भरोसायोग्य, असिमित इच्चाशाक्तिको खानी राष्ट्रवादी नेता श्री केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय शक्तिको पक्षमा मतदान गर्ने भन्ने निर्णयले नेपालको भबिष्य निर्धारण गर्ने तर्क गर्नु भयो।नेता ढकालले नेपाली जनताले रुचाएको नेता केपी ओली भएकोले निर्बाचन पछि उहानै निर्बिकल्प प्रधानमन्त्री हुने बिश्वाश पनि ब्यक्त गर्नु भयो।

कार्यक्रममा महामन्त्री सन्तोष कुमार पौडेलको नेतृत्वमा गठित ४०१ सदस्यीय केन्द्रिय निर्बाचन परिचन समितिको घोषणा पनि गरियो । महामन्त्री सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलका प्रबक्ता रुपसिंह भण्डारीले परिवार दलको अपिल बाचन गरेका थिए भने निर्बाचन प्रचार प्रसार समितिकी संयोजक तथा सभासद मिलन कुमारी राजबंशी र युवा स्वमसेबक परिचालन समितिको संयोजक तथा पिस फोर्सका अध्यक्ष रबिन्द्र चौलागाईले आ-आफ्नो मन्तब्य राखेका थिए।

कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु, सुभेच्छुक तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। नेकपा एमाले र परिवार दलबीच गत संसदीय निर्बाचन देखि निरन्तर सहकार्य हुदै आएको छ। मङ्सिर ४ गतेको निर्बाचनमा परिवार दल, राप्रपा नेपाल लगाएतले सुर्य चिन्हमा आफ्ना उम्मेदवार दिएका छन्।