सौल। सियोलमा हेलोवीन मनाउने क्रममा मृत्यू भएकाहरू प्रति दुख व्यक्त गर्दै ५ दिन सम्म शोक मनाउने भएको छ। यो अनधी नोभेम्बर ५ तारिख सम्म हुने छ।
शोक अवधिमा सबै सार्वजनिक संस्थाहरू र कूटनीतिक कार्यालयहरूमा झण्डा फहराउने कोरियाका प्रधानमन्त्री हान डक-सूले आइतवार बताएका छन् ।सो अवधीमा गैर-आवश्यक र मनोरन्जनका कार्यक्रमहरू स्थगित गरिनेछन्।
निजामती कर्मचारी र सार्वजनिक संस्थाका कर्मचारीहरूले शोक अवधिमा शोक व्यक्त गर्न रिबन लगाउनेछन् । हिजो राती भएको उक्त घटनमा परि १५१ जनाले ज्यान गुमाएका छन् । हैल सम्म ९ जना बिदेशी नागरिकहरूको मृत्यू भएको पुष्टि भएको छ। हाल सम्म कुनै पनि नेपाली नागरिकको मृत्यू भएको खबर प्राप्त भएको छ।
