कामदार दैनिक
२०२२ अक्टोबर ३१, सौल दक्षिण कोरिया,
चरचित तथा लोकप्रिय शास्त्रीय नृत्याङना हाल दक्षिण कोरियामा छिन। उनले लोक नृत्य, परम्परागत चर्या नृत्य तथा कत्थक नृत्यसमेत एउटा खुट्टामा नै आफुले प्रस्तुतिभावमा समाहित भएर प्रस्तुत समेत गर्ने गर्छिन।

३० अक्टोबरका दिन नेपाल बौद्ध परिवार कोरियाको गुम्बामा सीताले परम्परागत चर्या नृत्य अन्तर्गतको सोडष लाश्ये नृत्य प्रस्तुत गरिन। उक्त कार्यक्रममा कोरियन भिक्षुणीद्वारा सङ्गीतमय मेडिटेशन हिलिङ समेत भएको थियो। यस्तो पवित्र कार्यक्रमको चाजोपाँजो आदरणीय गुरु भिक्षु पेमा कुन्साङले संयोजन गर्नुभएको थियो।

अत्यन्तै शान्त र सौम्य वातावरणमा सम्पन्न उक्त कार्यक्रम मेरो जिवनको हृदयले चाहेको कार्यक्रम हो भनी सीताले ब्यक्त गरिन। नृत्य प्रस्तुति पश्चात् नेपाल बौद्द परिवार कोरियाले सीतालाई दोसल्ला ओडाई सम्मान समेत गरिएको थियो।
