सन्तोष खड्का
सौल/ दक्षिण कोरिया ।
नेपाली राजदुतावास अब देखि आईतबार पनि खुल्ने भएको छ। कामदार दैनिक संगको संवादमा कोरियाकी लागि नेपाली राजदुतमहामहिम ज्योति भण्डारी प्याकुरेलले अहिले परिक्षणको रुपमा महिनाको एउटा आईतबार सुरुमा ५० जनाका लागि सेवा सुरुवात गर्नलागिएको साथै प्रतिक्रिया र परिणामको आधारमा सेवालाई अझ बिस्तार गरिने बताउनुभएको छ।
यसअघि दुतावास आईतबार खुल्ला नहुदां कोरियामा रहेका नेपालीहरुले सास्ती भोग्दै आईरहेका थिए। आईतबार राजदुतावासखुलाउनका निम्ति नेपाल पत्रकार महासंघ लगाएत बिभिन्न संघ सस्थाहरुले पहल गर्दै आएका थिए। कोरियाको लागि नेपाली राजदुतमहामहिम ज्योति भण्डारी प्याकुरेलको यो कदमलाई सकारात्मक रुपमा हेरिएको छ।
दुतावासले १३ नोभेम्वर २०२२ आइतवारका दिन नेपाली राजदूतावास परिक्षणको रूपमा E-Passport का लागि खुला गर्ने बताउदैं सोहीदिनको फारम भरि QR code Screenshot गरि राजदुतवासको फेसबुक पेजको मेसेन्जरमा पठाउन अनुरोध समेत गरेको छ।

