कामदार दैनिक
रुकुम ।
रुकुम पश्चिममा यतिबेला नेपाली काँग्रेसकाे कुनै पनि उम्मेदवार चुनावी प्रतिष्पर्धामा छैनन् ।प्रदेश (क) र (ख)मा मात्रै हाेइन प्रतिनिधि सभामा पनि नेपाली काँग्रेसकाे उम्मेदवार छैनन् ।रुकुममा मन लाग्दो सत्ता गठबन्धन पनि छैन ।केन्द्रिय हस्ताक्षेपको आधारमा नाम मात्रैकाे रुकुममा सत्ता गठबन्धन छ तर परिणाम र व्यवहारमा रुकुममा काँग्रेस माओवादीकाे देखिने गरि चुनावी सहकार्य छैन । दुईवटा स्थानीय तह जितेको नेपाली काँग्रेसले प्रदेश सभामा एउटा सिट मागेको थियोे ,अन्तिममा प्रदेश (ख) नेपाली काँग्रेसलाई दिन माओवादी पनि तयार थियोे । तर नेपाली काँग्रेस केन्द्र र जिल्लाकाे अलमल्ल समन्वयले त्यो पनि गुम्याे ।
उम्मेदवारी दर्ताकाे अन्तिम अवस्था सम्म काँग्रेस माओवादी वा सत्तारूढ दलहरू विच रुकुम पश्चिम चुनावी तालमेलकाे कुनै आधिकारिक सहमति भएन ।यहि कारणले नेपाली काँग्रेसले प्रदेश (क) र (ख) अनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरे । तर काँग्रेस सभापति शेर बहादुरले देउवाले प्रदेश (क) मा उम्मेदवार कृष्ण बहादुर राेकाय,र प्रतिनिधि सभाममा उम्मेदवारी दिएका मान बहादुर नेपालीलाई फाेनमा हप्काउदै उम्मेदवारी फिर्ता लिएरर जनार्दनकाे प्रचारप्रसारमा हिड्न निर्देशन दिएको स्रोत बताउँछ ।उता पार्टी सभापति समेत रहेका प्रेम प्रकाश ओलीकाे प्रदेश (ख) काे उम्मेदवारी निर्वाचन आयाेगले खारेज गरिदियो ।यहि कारणले नेपाली काँग्रेस रुकुम यतिबेला उम्मेदवार बिहिन छ ।यस्तो अवस्थामा काँग्रेस कार्यकर्ता र शुभचिन्तकहरु केन्द्र र जिल्ला नेतृत्व प्रति आगाे बनेको स्रोत बताउँछ । यहि असन्तुष्ट पक्षकाे नेतृत्व गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिएरका तारक केसी अर्थमन्त्री समेत रहेका हेभिवेट जनार्दन शर्मा संग रुकुममा प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतिनिधि सभाको उम्मेदवारमा हालका अर्थमन्त्री जनार्दन शर्मा ,स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमालेका उम्मेदवार नन्दराम देवकोटा विच मुख्य प्रतिष्पर्धा हुनेछ ।विश्लेषकका अनुसार युवा उम्मेदवार र चर्चाको हिसाबले जनार्दन शर्मा सँग तारक केसीको मुख्य टक्कर पर्ने सम्भावना रहेको बताइन्छ ।काँग्रेस पृष्ठभूमि बाट राजनीतिमा उदाएका तारक केसी काे हुन त? उनको बारेमा हामीले थाेरै चर्चा गरेका छाै ।
काे हुन तारक केसी ?
नागरिकतामा तारक केसी भए पनि उनलाई धेरैले चिन्ने नाम तारक प्रतिभा हाे ।बाल्यकालमा स्कुल पढ्ने बेला विविध प्रतिभाशाली व्यक्ति भएकोले उनको नाम कुनै सरले तारक प्रतिभा राखिदिएका थिए ।रुकुम बाँफिकाेट हालकाे वडा नम्बर ३ नेपानेमा जन्मेका तारक केसी उमेरले ३३ वर्षका भए ।उनका बुवा अवकाशप्राप्त शिक्षक हुन ।द्वन्द्वकालमा माओवादीले उनका वुवालाई विस्थापित बनाएका थिए ।वुवा सँगै सदरमुकाम मुसिकाेटमा विस्थापित भएका केसीले एसएलसी त्रिभुवन जनता मावि मुसिकाेट बाट गरेका थिए ।
काँग्रेस पृष्ठभूमिकाे परिवार भएकोले उनलेे विद्यार्थी राजनीति जिल्लामा पनि गरे ।उनलाई देउवा प्यानलकाे ट्याग लागे पनि जिल्लामा कहिले पनि देउवा पक्षका नेताले सहयोग गरेन ।नेविसंघको जिल्ला अध्यक्षमा चुनाव लडेका केसी थाेरै मतले पराजित भए ।
जिल्ला स्तरका देउवा पक्षका र पाैडेल ,काेइराला पक्षका नेताकाे कडा अवरोध र असहयोगका विच नेविसंघको ११ आै महाधिवेशन मा केसी लाेकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए ।समयमै नेविसंघको महाधिवेशन भएकाे भए उनी महामन्त्रीकाे दावेदार थिए ।उनलाई नेपाली काँग्रेसका नेताहरू गगन थापा,विश्व प्रकाश शर्मा ,नैनसिंह महर,धनराज गुरुङ,बद्री पाण्डे लगाएको स्नेह र सहयोग थियोे ।तर जिल्लामा नेपाली काँग्रेस नेतृत्व र नेताहरू गलत प्रवृत्ति र नितिमा जान थालेपछि केसीले सधैं त्यसको प्रतिवाद गर्थे ।यहि कारणले केसीलाई जिल्लामा सहयोग भन्दा बढि असहयोग भयो ।युवा र कार्यकर्ता माझ लाेकप्रिय केसीले यसपटक यी सबै अवस्थालाई चिर्दै काँग्रेस बाट विद्रोह गर्दै प्रतिनिधि सभामा जनार्दन शर्मा सँग चुनाव लड्दै छन् ।सयौं सामाजिक संघ संस्थामा आबद्ध तथा नेतृत्व गर्दै अनुभव प्राप्त केसीलाई निर्वाचन आयाेगले सुर्यमुखी फुल चुनाव चिन्ह दिएको छ ।
