दक्षिण कोरियाले नेपाली श्रमिकको कोटा बढायो

कोरियाअपडेट

दक्षिण कोरियाले नेपाली कामदारको कोटा बढाएको छ । उसले ईपीएस सम्झौता पनि अन्य मुलुकसँगै एकैपटक गर्ने भएको छ ।

सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएका छन् । नवीकरण हुने समयबारे पनि यकिन भइनसकेको उनले बताए ।

पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको द्विपक्षीय समझदारी सन् २०२० देखि नवीकरण हुन सकेको छैन । सोही कारण कोरियान भाषा अध्ययन सकेर परीक्षा पास गरेर बसेका थुप्रै नेपाली कामदार राकिएका छन् । इपिएस भाषा परीक्षा उत्तीर्ण गरेर बसेका झण्डै १० हजार बढी छन् । अब हुने नवीकरण पाचौं हो ।

कोरियाले नेपालसहित पाकिस्तान, फिलिपिन्स लगायत मुलुकहरूबाट इपिएस प्रणालीमार्फत् विभिन्न शीर्षकमा कामदार लैजाने गरेको नेपालसँग भने २००७ मा ईपीएस प्रणालीअनुसार श्रमिक लैजाने समझदारी गरेको थियो। समझदारीपछि सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाने गरेको छ।समझदारीअनुसार भाषा पास गरेको दुई वर्ष अवधिमा पनि जाने अनुमति प्राप्त नभएमा उनिहरु कोरिया जान पाउँदैनन् ।

यसअघि ६ हजार देखि ८ हजारको संख्यामा नेपाली श्रमिकहरू लैजाँदै आएको कोरियाले कोटा बढाएर हाल १५ हजार पुर्याएको छ। यसमा पनि कोटा थप हुने कोरिया शाखाको दावी छ।

(साभारःhamrakhabar)