मोरङ पथरी शनिश्चरे–१ मा रहेको सुनाखरी युवा क्लब क्लवले आर्थिकरुपमा विपन्न परिवारलाई एक/एकवटा ब्ल्याङ्केट वितरण गरेको छ । साथै क्लबले विपन्न फुटबल खेलाडीहरुलाई फुटबल, फुटवल सुज र जर्सी समेत वितरण गरेको छ । उज्यालो पथरी अभियान लिएर अघि बढेको सुनाखरी युवा क्लबले जाडो मौसम बढे लगत्तै न्यानो अभियान सञ्चालन गरेको छ । जाडोमा न्यानो बनाउने उद्देश्यअन्तर्गत २२ परिवारलाई ब्ल्याङ्केट वितरण गरेको क्लबका अध्यक्ष मिलन राईले बताउनुभयो ।
क्लबले प्रत्येक वर्ष समाजमा सचेतना फैलाउँदै लागू औषधविरुद्ध कार्यक्रम, खेलमैदान मर्मत, बजार सरसफाइ, फुटबल प्रतियोगिता, मिनी मेला सञ्चालन, दीपावली साँझलगायत कार्यक्रम गर्दै आएको छ । यसैबीच नेपाल शिक्षक महासङ्घ पथरी शनिश्चरे नगर समितिले नगरका सेवा निवृत्त शिक्षक तथा २२ कर्मचारीलाई सम्मान गरेको छ ।
