पुस २९ देखि गुन्जन देशव्यापी रूपमा प्रद‌र्शन हुँदै

मनोरन्जन

युवा निर्देशक अष्टमान महर्जनद्वारा निर्देशित चलचित्र गुन्जन यहि पुस २९ बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।यस चलचित्रलाई हिराकृष्ण शाही र सुनिता शाहीले निर्माण गरेका हुन। चलचित्र गुन्जनमा प्रितमराज सेन्चुरी, सारा सिर्पाली, कविर खडका, सरोज खनाल, हिममाला गौतम, रोहन शाही, इभा श्रेष्ठ, निरुता स्याङ्‌‌ताङ, कञ्चन चालिसे र सुस्मिता बराल लगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्

यस चलचित्रको नृत्य निर्देशक कविराज गहतराज रहेका छन् भने करनराज कार्की र कल्याण सिंहको संगित, महेश दवाडीको पटकथा संवाद र राजेश श्रेष्ठको छायाँकन रहेको छ ।