आज अमेरिकाको क्यान्टोकीको लुइसभिल्ला शहर मा भ्वाइस अफ नेपालका चौथो बिजेता करण राइको भब्य स्वागत भएको छ ।करण बिमानिस्थल पुग्दा भुट्निज सोसाइटी अफ क्यान्टोकी र नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिले संयुक्त रुपमा स्वागत गरेका थिए। भोलि क्यान्टोकिको लुइसभिल्ला सिटिमा करण राई ले कन्सर्ट गर्नु हुने छ भने स्थानीय आयोजक को तर्फबाट नयाँ नयाँ प्रतिभा को प्रस्फुटन गराउने कार्यक्रम को आयोजना गरिएको कुरा नेपाल अमेरिका सोसाइटी अफ क्यान्टोकिका सचिव रियाज भण्डारी ले जानकारी दिनुभयो।



