सुनसरी जिल्लाको मधुबन र प्रकाशपुरमा बसोवास गरी हाल काठमाडौं उपत्यकामा बिभिन्न पेशा ब्यबसायमा संलग्नरहनु भएका दाजुभाइ दिदीबहिनीहरुबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले स्थापित यो समाजको आठौं साधारणसभा बिजय पार्टी प्यालेस लोकन्थली, भक्तपुरमा मिति २०७९ माघ २१ गते सम्पन्न भएको छ । बार्षिक साधारणसभा उक्त समाजका अध्यक्ष निरबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष जालन्धर सिंह ठकुरीले गर्नुभएको थियो । निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत राजेन्द्रप्रसाद दाहाल, निर्वाचन अधिकृत शरदप्रसाद लुइटेल र गणेशबहादुर विष्ट रहनु भएको थियो । निर्वाचन कमिटीले आपसी समझदारीका आधारमा प्रतिनिधिहरूको चयन गरिएको उक्त समाजका अध्यक्ष निरबहादुर पौडेलले जानकारी दिनुभयो । बिधान बमोजिम निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई बर्षको हुनेछ ।
आठौं बार्षिक साधारणसभाबाट निर्बिरोध निर्वाचित हुने सदस्य तथा पदाधिकारीहरुमा निरबहादुर पौडेल–अध्यक्ष, जालन्धर सिंह ठकुरी (प्रविन)– वरिष्ठ उपाध्यक्ष, सुश्री राधिका कटुवाल– उपाधयक्ष, खगराज गुरागाई–सचिव, नहकुल दाहाल (रविन)–सहसचिव, पुरुषोत्तम सिग्देल (मिलन)– कोषाध्यक्ष रहेका छन् । त्यसैगरी सदस्यहरुमा बुद्धिनिधि विष्ट (ध्रुव), यज्ञनिधि दाहाल (शैलेस), प्रमिला कुँवर (घिमिरे), अमृत भुजेल रहेका छन् ।
