अधिकारीको निधनमा श्रद्धाञ्जलि

मुख्य समाचार समाचार

काठमाडौँ, १९ फागुन । राष्ट्रिय जनमोर्चाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको विज्ञप्तिमा मुलुकको कम्युनिस्ट आन्दोलनमा अधिकारीको निधनले पार्टीलाई दुःख लागेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

देशमा निरङ्कुश राजतन्त्र हाबी भएको, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको र कम्युनिस्ट पार्टीका कतिपय नेताले राजतन्त्रलाई समर्थन गरी कम्युनिस्ट आन्दोलनबाट पलायन भएको अवस्थामा अधिकारीले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण कार्य गर्नुभएको विज्ञप्तिमा उल्लेख
छ ।

तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टीको विभाजन र छिन्नभिन्नको अवस्थामा रहेको कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न पहल गर्नुभएका उहाँले अर्थमन्त्री भएको बेलामा स्थानीय तहमा बजेट पु¥याउन वा स्थानीय तहमा जनपक्षीय योजना बनाउन सकारात्मक भूमिका निर्वाह गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । अधिकारीको शनिबार राति निधन भएको थियो ।