बानाको अध्यक्षमा सुबोध विलास पन्त

प्रवास समाचार

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)मा औपचारिक रुपमा सुबोध विलास पन्तले अध्यक्ष पदको जिम्मेवारी लिएका छन् । उनी लगायत उनका नव निवाचित समितिले सपथ ग्रहण लिनुको साथै अघिल्लो समितिले पद हस्तान्तरण समेत गरेको छ ।

उक्त कार्यक्रमको सभापतित्व अनु श्रेष्ठ वन्तले गरेकी थिइन् भने उनले अन्तिम मन्तब्य राख्दै आफ्नो कार्यकालमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिईन । कार्यक्रमका प्रमुख अतिथि महावाणिज्य दूत प्रेम राजा महत रहेका थिए भने सबै विजयी पदाधिकारीहरुलाई बधाई दिएका थिए । कार्यक्रममा महावाणिज्य दुत महतले भवनको सहयोगार्थ पाँच हजार डलर तथा अनु श्रेष्ठ वन्तले दश हजार डलरको सहयोग गर्ने घोषणा गरेका छन् ।

उक्त सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा सम्मान कार्यक्रममा पनि गरिएको थियो । जस मध्ये गिनिज वर्ल्ड रेकर्ड कीर्तिमानी उज्ज्वल ठकूरीलाई पनि सम्मान गरिएको थिए । अध्यक्षको मन्तब्यको क्रममा पन्तले निर्विरोध रुपमा विजयी गराउन सहयोग गर्ने सबैलाई बिशेष धन्यबाद दिए । साथै आफुले गरेका प्रतिबद्धताहरु कार्यन्वयन गर्ने बचनवद्धता गरे । बानाको समुदायमा जुन छबि छ त्यसलाई ३ बर्षको कार्यकालमा अझ उच्च छबिमा पुर्याउने अठोट गरे ।

बानाका सबै पदमा निर्विरोध भएको हो भने सबै वर्गलाई समेटिएको कार्यकारी समितिमा पुरुष तथा महिलाहरुको प्रतिनिधित्व रहेको छ । बाना नया कार्यकारी समितिमा अध्यक्षमा सुबोध विलास पन्त ,वरिष्ठ उपाध्यक्षमा हिरा लाल गुरुङ,उपाध्यक्षमा गणेश लामिछाने ,महा सचिवमा किरण ढकाल,सचिवमा अरुण श्रेष्ठ तथा कोषाध्यक्षमा भिम बहादुर खत्री निर्वाचित भएका छन् ।

यसै गरि सदस्यता निर्देशकमा हिरा बहादुर खत्री तथा सूचना निर्देशकमा सुशान मानन्धर निर्वाचित भएका छन् । यसै गरि सदस्यहरुमा अनिल गोदार ,सागर कुँवर,बलराम पौडेल, पार्वती सिंह( रिचा ) यमुना घिमिरे ,आविष आर वन्त तथा ज्ञानेद्र गहतराज निर्वाचित भएका छन् ।

अध्यक्ष पन्त नेपालमा लम्जुङ्ग राईनास नगरपालिका घर भै हाल बाल्टिमोर मै बसोबास गर्ने अमेरिका प्रवेस गरेकै दिन वानाको साधारण सदस्यता लिएका थिए ।१३/१५ को कार्यसमिति सदस्य ,१५/१७ को सदस्य वृद्धि निर्देशक तथा १७/१९ का वरिष्ठ उपाध्यक्ष सुबोध पन्तले अन्तत्वगत्वा अध्यक्ष पदको नेतृत्व लिएका छन् । उनी माथि थप जिम्मेवार बढेको छ ।

सन् २००५ मा स्थापित बाल्टिमोरको छाता संगठन (बाना) को रुपमा रहेको बानाले स्थापना काल पछि प्रजातान्त्रिक पद्धति अंगाल्दै निरन्तर प्रतिस्प्रद्धात्मक निर्वाचन झेल्दै आएता पनि १४ बर्ष पछि सबै पद निर्विरोध हुन् पुग्नुले अमेरिकाका सबै नेपाली समुदायलाई राम्रो सन्देश दिन सफल भएको छ ।

अमेरिकाकै अत्यधिक सक्रिय सामाजिक संस्था मध्ये कै एक तथा आफ्नै सामुदायिक भवन समेत रहेको गैर मुनाफा सामाजिक संस्था बानामा यसरी जन घनत्व दिनहु दिन वृद्धि हुदै गएता पनि निर्वाचनमा निर्विरोध हुन सक्नुले अझ यस संस्थाको छवि र गरिमा बढेको छ । संस्थाका संस्थापकहरु, मार्गदर्शक, संस्थाका मेरुदण्ड पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष, पूर्व पदाधिकारीहरुले अभिभावककीय भूमिका निर्वाह गरे पछि यसरी निर्विरोधको प्रतिफल आएको हो ।बानामा करिव ५ सय जति आजीवन सदस्य तथा करिव १ हजार मतदाताहरु रहेका छन् ।