विपद् न्यूनीकरण गर्न आवश्यक कदम चाल्न जरुरी छ : पूर्वप्रधानमन्त्री देउवा

मुख्य समाचार राजनीति

काठमाडौँ, ९ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘पोलिसी ह्याकथन’को समापनका अवसरमा सभापति देउवाले जलवायु परिवर्तनले निम्याएका विपद् न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टिलगायतका सङ्कट देखापरिरहेकाले त्यसको न्यूनीकरणका लागि नेपालले आवश्यक कदम चाल्न जरुरी भइसकेको स्पष्ट पार्नुभयो ।

सभापति देउवालले विपद् व्यवस्थापन न्यूनीकरणका लागि कांग्रेसले आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आफूहरूले नीतिगतरूपमै धारणा बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले नेपालले जलवायु परिवर्तनको असरबाट बच्न बदलिँदो परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा उहाँले पोलिसी ह्याकथन प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको थियो ।