येवन आर्ट युनिभर्सिटीले चुसकमा मंगोलियन हार्टका गायक राजु लामा लगायत अन्य चर्चित कलाकार ल्याउदैं

कोरियाअपडेट मनोरन्जन

कामदार दैनिक

सौल/ दक्षिण कोरिया।

येवन आर्ट युनिभर्सिटीले चुसकमा मंगोलियन हार्टका चर्चित सदाबहार गाएक राजु लामा , चर्चित गायिका तृष्णा गुरुङ चर्चित टिकटकर मिस पवि  ल्याउने भएको छ। कोरियाको प्रमुख चाड मध्येको एक चाड छुसकको अवसरमा नेपालका चर्चित कलाकारहरुलाई ल्याउन लागिएको आयोजकले बताएको छ।

बिशेष गरेर नेपाली बिधार्थीहरु   कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई मनोरन्जन होस् भन्ने हेतुले उक्त कार्यक्रम गर्न लागिएको उक्त कार्यक्रमा स्थानीय कलाकारहरु दिनेश नाछिरिङ राई, मुस्कान मुकारुङ राई, कृष्णमान जिएम लगाएत कलाकारहरुको समेतबेजोड प्रस्तुति रहने आयोजक सदस्य रमेश थापाले बताए। अर्को कार्यक्रम संग जुधाएर कार्यक्रम गर्दा कस्तो सन्देश जाला भन्ने प्रश्नमा युनिभर्सिटीले नेपाली बिधार्थीहरु नेपाली समुदायका लागि गर्नलागेको कार्यक्रमा आफुहरुले सहयोगीको भुमिका मात्रनिर्बाह गरिदिएको ६० हजार माथिको हाराहारीमा नेपाली जनसङख्यामा रहेको दक्षिण कोरियामा दर्शकहरु आफ्नो इच्छा अनुसारबिभिन्न कार्यक्रममा जाने उक्त दिन अरु पनि धेरै संघ सस्थाहरुको कार्यक्रम रहेकोले आफ्नो कार्यक्रमले कसैलाई असर नपार्ने बरुदर्शकहरुले आफ्नो इच्छा अनुसार कार्यक्रममा सहभागी भई मनोरन्जन लिन पाउने आफनो बुझाइ रहेको रमेश बताउछन्

कार्यक्रमको शुल्क ३०,००० वन रहेको यस कार्यक्रममा धेरै ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने हुदां कार्यक्रमलेदर्शकहरुलाई भरपुर मनोरन्जन दिने आफुले बिश्वास लिएको आयोजकले बताएको छ।