हिमालय एयरलाइन्सले यही १७ चैत्रदेखि युएईको राजधानी अबुधावीमा उडान सुरु गर्ने भएको छ । उडान तालिका अनुसार काठमाडौंकाट हप्ताको आइतबार, मंगलबार र बिहीबार साँझ ८:४५ मिनेटमा उडान गर्ने हिमालय एअरलाइन्सको युएईका लागि जिएसए (जनरल सेल्स एजेन्सी) फिसटेल ट्राभल्सका सञ्चालक ठाकुर प्रसाद ढुंगानाले बताए । त्यस्तै, भोली पल्ट अर्थात हरेक सोमबार बुधबार र शुक्रबार १ः४५ मा अबुधावीबाट काठमाडौंको लागि उडान हुनेछ ।दुबई उडान एक महिनालाई स्थगित
दुबई विमानस्थलमा उडान गर्दै आएको हिमालय एअरलाइन्सले अबुधावीमा उडान सुरु गरेसँगै दुबईको उडान एक महिनाको लागि स्थिगित गरेको छ । दुबई विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत गरिने भएकोले दुबईको उडान एक महिनालाई स्थिगित गरिएको ढुंगानाले बताए । एक महिनापछि हप्तामा मंगलबार, बिहीबार र शनिबार ३ उडान दुबईबाट पनि हुने उनले बताए ।