बाबुराजको नेत्रृत्वमा रामेछाप सम्पर्क समिति कोरियाको १८ सदस्य कार्यसमिति सर्वसम्मत चयन

कोरियाअपडेट समाचार

सन्तोष खड्का

सौल/ दक्षिण कोरिया

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको ऐतिहासिक चौंथो महाधिवेसन कोरियाको राजधानी सौल स्थित दर्शन नमस्ते रेष्टुरेन्टकोसभाहलमा सेप्टेम्वर २८ का दिन रामेछापेली दाजुभाई तथा दिदिबहिनीहरुको वृहत भेलाका बिच भव्यताका साथ सम्पन्न भएको छ।

उक्त भेलाले बाबुराज बस्नेतको नेत्रृत्वमा रामेछाप सम्पर्क समिति कोरियाको १८ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन समेत गरेकोछ।

सर्वसहमत रुपमा  अध्यक्षमा बाबुराज बस्नेत बरिष्ठ उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षमा आदेश खड्का, ज्ञानु तामाङ छोनामलामा,महासचिवमा विष्णु विश्वकर्मा, सचिव सुविर गुरुङ सतिष रोका , कोषाध्यक्षमा कल्पना श्रेष्ठ , सहकोषाध्यक्षमा अमृत मोक्तान सदस्यहरुमा सन्तोष जंग मगर, राजन महत, प्रदिप खड्का, भोज बहादुर बस्नेत, निशाजन श्रेष्ठ,ईश्वर बस्नेत ,आश्विन कार्की गिताबुढाथोकी निर्वाचित भएका हुन्।

कामदार दैनिक परिवार सम्पुर्ण निर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई एंव सफल कार्यकायलको हार्दिक मंगलमय शुभकामनाब्यक्त गर्दछौ।