यस्तो छ सुनिल पाण्डेको मिटरव्याजी साम्राज्य

आर्थिक मुख्य समाचार समाचार

बैंकको सहुलियत कर्जा लिएर मिटरव्याजी धन्दा

बिरगंज । सहुलियतको कृषि कर्जाको कतिसम्म चरम दुरुपयोग हुँदोरहेछ भन्ने उदाहरण हुन् वीरगञ्जका सुनिल पाण्डे । उनले बैंकहरुबाट सहुलियतमा कृषि कर्जा लिएर आफ्नो मिरटव्याजी साम्राज्यलाई विस्तार गरिरहेका छन् । पछिल्लो समय पाण्डेको मिटरव्यासी साम्राज्यबाट पीडित भएकोहरुले प्रशासनमा उजुरी दिएका छन् । कृषि फर्मको नाउँमा बैंकबाट सहुलियत ऋण लिई मिटर ब्याजमा लगानी गरी बदलामा सादा चेक लिएर सरोकार वालाहरुलाई बिल्लीबाठ बनाएको घटना उजागर भएको छ ।
जिल्ला पर्सा वडा नं २ सुर्जाहा घर भई हाल वीरगन्ज वडा नं १३ बस्ने सुनिल पाण्डेले दुग्धेश्वरी कृषि तथा पशुपंक्षी नामको फर्म दर्ता गराई विभिन्न बैंकहरुबाट सहुलियत ऋण लिएर मिटर ब्याजमा ऋण लगानी गरी कैंयो व्यक्तिहरु सँग अनुचित लाभ लिएको बिरुद्ध आधा दर्जन मुद्दा जिल्ला प्रसाशन कार्यालय पर्सामा परेको छ ।
आफ्नो घरायसी कामकाजको लागि स्थाई घर रौतहट भएका र वीरगन्ज वडा नं ११ मा किराना पसल संचालन गरी घर परिवारको भरण पोषण गर्दै आएका दिलीप कुमार साहले सुनिल पाण्डेको फर्मबाट पटक पटक गरी १३ लाख रुपैयाँ कर्जा लिएको र सो वापत चार वटा सादा (द्यबिलप) चेक दिएको उनको श्रीमती इन्दु कुमारी साहको भनाई रहेको छ ।
आफ्नो पतिलाई पाण्डेले पटक–पटक कुटपिट गर्ने धम्की दिएकोले पाण्डेलाई उपस्थित गराउन उनले जिल्ला प्रहरी कार्यालय पर्सामा गत वैशाख महिनामा निवेदन दिएको पनि बताइन् ।
त्यहाँबाट समस्या समाधान नभएपछि जेष्ठ महिनाको पाँच गते जिल्ला प्रशासन कार्यालय पर्सामा मिटर ब्याज सम्बन्धी दिलीप साहले उजुरी दिएपछि पाण्डेले जिल्ला प्रहरी कार्यालय रौतहटको तत्कालीन मुद्दा शाखामा कार्यरत विन्देश्वरी यादवलाई नजराना दिएर जेष्ठ ८ गते मुद्दा दर्ता गराई अदालतबाट पक्राउ पुर्जी जारी गराएपछि रौतहट प्रहरी वीरगन्जमा आई दिलिप लाई पक्राउ गरेर लान खोज्दा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र पर्साका प्रहरी उपरीक्षक कोमल साहको हस्तक्षेपले रौतहट प्रहरीले दिलीपलाई लान पाएन ।
यही बिच रौतहटका प्रहरी उपरिक्षक र मुद्दा फाँटको इन्स्पेक्टरको सरुवा भएपछि चलखेल शुरु भयो र जिल्ला प्रशासन कार्यालय पर्सामा आश्विन ११ गते छलफलको लागि मिति तय गरिएको भएपनि आश्विन १० गते नै रौतहटका प्रहरीले दिलीपलाई अपहरण शैलीमा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहट पुर्याइ अदालतबाट पाँच दिनको म्याद थप्न सफल भएको छ ।
यस सन्दर्भमा सुनिल पाण्डे संग बुझ्दा आफु सँग ६३ लाखको बाउन्स चेक भएपनि ३१ लाखको बाउन्स चेकमा मुद्दा दिएको बताए। दिलीपको कारणले आफुलाई विभिन्न सहकारी वालाले डुबाएको बताए । तपाई यहाँको स्थाई बासिन्दा दिलीप पनि परिवार सहित यही बस्ने लेनदेन यहीं भएको रौतहटमा मुद्दा किन दिएको भनी प्रश्नको जवाबमा पाण्डे दिलीपको स्थाई घर रौतहट भएकोले त्यहाँ मुद्दा दिएको बताए । पाण्डे पीडित लेनदेन संघर्ष समिति पर्साका अध्यक्ष हुन ।