गण्डकी, १२ कात्तिक : कास्कीको लुम्ले र पर्वतको देउपुरको दोसाँधमा रहेको माता अन्नपूर्णको मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ ।
विसं २०६८ मा स्थापित मूर्ति खण्डित भएको र खण्डित मूूर्ति पुज्न अयोग्य हुने तथा अनिष्ट हुने धार्मिक मान्यता अनुरुप पुरानो मूर्तिलाई विधिवत् क्षमा पूूजा गरी मोदी खोलामा विसर्जन गराएर नयाँ शिलाको मूूर्ति विधिवत् प्राण प्रतिष्ठासहित आज पुनःस्थापना गरिएको हो ।
मूर्तिको पुनःस्थापना गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले अन्नपूर्ण देवी सनातन परम्पराको सुरुवातदेखि नै पूजा गर्दै आइएकी देवी भएको बताउनुुभयो । अन्नदा नामले पनि पूजा गरिने र जीवलाई खुवाउने पहिलो आमाका रुपमा अन्नपूर्ण माताको पूूजा गरिने एवं यिनलाई सारा संसारको शासन गर्ने माता जगदम्बाको रूप मानिने उहाँले बताउनुुभयो ।
यो गण्डकी प्रदेशकै एकमात्र अन्नपूर्ण माताको मन्दिर रहेको बताउँदै उहाँले मुक्तिनाथ, दामोदरकुण्ड र कैलाश मानसरोवर जाने हजारौं तीर्थयात्रीलाई सेवा पु¥याउने लक्ष्यका साथ यस क्षेत्रको विकास गरिने बताउनुुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष जीवनाथ पौडेल (शंकर), श्री अन्नपूर्णा माता मन्दिर तीर्थ क्षेत्रका अध्यक्ष नरहरि पौडेल, मुक्तिनाथ अन्नदाता क्षेत्र समितिका अध्यक्ष प्रकाश भट्टराई, मन्दिर निर्माण संयोजक कृष्ण चापागाईं, बहुदल ठाकुुर लगायतले अन्नपूर्ण माताको महिमाबारे चर्चा गर्नुुभयो ।
