दुबई एक्सपोमा पनि नेपाल सहभागी हुने

प्रवास समाचार

सन् २०२० को अक्टोबर महीनादेखि दुबईमा आयोजना हुने ए लेवलको विश्व प्रदर्शनी एक्सोमा पनि नेपालले सहभागिता जनाउने भएको छ । हरेक पाँच÷पाँच वर्षमा हुने सो एक्स्पोमा नेपालबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले प्रतिनिधित्व गर्ने छ । एक्स्पोमा सहभागी हुन ग्लोबल टेन्डर गरिएको थियो ।

आपसी हितमा लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने उद्देश्यका साथ आयोजना हुन लागेको उक्त एक्स्पो छ महीनासम्म चल्ने छ । अहिले दुबईमा स्टल निर्माण, प्रदर्शनीका लागि सामग्री आयात तथा तयारी गरिँदै छ । इम्पिमेन्टिङ कम्पनीले यसअघि चीन, जर्मनी, जापान, अष्ट्रेलियालगायत मुलुकमा एक्सपो गरिसकेको छ । पछिल्लो सन् २०१५ मा इटालीमा भएको थियो ।

विश्व प्रदर्शनी एक्स्पो चाइनिज ओलम्पिक गेमजस्तै विश्व सङ्गठन हो । ‘ब्यूरो इन्टरनेशनल एक्सपोजिसन’(बिआइए) नामक संस्था जसको मुख्यालय फ्रान्सको पेरिसमा रहेको छ । यसमा नेपालसहित १८० देश सदस्य छन् । विश्व प्रदर्शनी व्यापार मेला नभई मानव जातिले विभिन्न क्षेत्र वा अमुख विषयमा विकास, उपलब्धि गरेका विभिन्न विषयको प्रदर्शनी गरिन्छ । सन् १८५१ बाट बेलायतको लण्डनबाट शुरु भएको थियो ।

बिआइएको मापदण्डअनुरुप कुन शहरमा के विषयवस्तुमा विश्व प्रदर्शनी गर्ने भन्ने सोहीअन्तर्गत बेइजिङमा अहिले प्रदर्शनी भइरहेको हो । प्रदर्शनीमा बागवानी, फलफूल, वनस्पति, बिरुवा, जडीबुटीलगायत विषयमा कुन देशले केकस्ता उपलब्धि गरेका छन् र त्यसबाट मानव जातिले कसरी फाइदा लिने भन्ने विषयमा प्रदर्शनी भइरहेको संयोजक शाहले उल्लेख गर्नुभयो । प्रदर्शनीमा ११० राष्ट्र र २४ वटा अन्तर्राष्ट्रिय सङ्गठनले सहभागिता जनाएका छन् ।

एक्स्पोका माध्यमबाट नेपालमा चिनियाँ पर्यटक भित्र्याउनुका साथै वनस्पति तथा पर्यटन क्षेत्रमा लगानी अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । यस्ता प्रदर्शनीमा सरकारी निकाय नेपाल पर्यटन बोर्डजस्ता संस्थाको सक्रियता बढ्नसके पर्यटन प्रवद्र्धनका साथै लगानी भित्र्याउन सहयोग पुग्ने संयोजक शाहको भनाइ छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०१७ मा ९३ हजार ६५४ पर्यटन नेपाल आएका थिए ।