१४ कार्तिक २०७७, शुक्रबार

श्रीलङ्काका राष्ट्रपतिद्वारा नयाँ सेनापति नियुक्त

kamdardainik.com (First, Fast & Accurate)

कोलम्बो, २ भदौ : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गर्नुभएको छ ।

वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उहाँले देशको सैनिक प्रमुखका रूपमा सोमबार नियुक्त गर्नुभएको हो ।

सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ । उहाँ श्रीलङ्काको २३औँ सेनाप्रमुख हुनु भएको छ ।

सिल्भाभन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधान सेनापति हुनुहुन्थ्यो । सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गर्नुभएको थियो ।

प्रधान सेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि बहन गर्नुहुने भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *