भक्तपुर, ९ माघ : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नम्बर गण गुह्वेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव बाहन गुल्मलाई आज विपद् व्यवस्थापनसम्बन्धी खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण कार्यक्रममा बेल्चा, गाढा, सेफ्टी उपकरण, फायर फाइटिङ सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, फायर स्ट्रिङिसर्ट, फायर ब्लाङ्केट, ज्याकेट फायर बल, माइक, रेनकोट, हेडलाईटलगायतका विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
उहाँले मध्यपुरथिमि गठ्ठाघरस्थित भैरव बाहन गुल्मका प्रमुख गणेश अधिकारी र सशस्त्र प्रहरी बल २२ नम्बर गण गुहेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महतलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न जिल्लाका कुनै पनि ठाउँमा पर्नसक्ने घटना न्यूनीकरणका लागि प्रयोग गरिने हावश्यक सामग्री प्रदान गरिएको गरेको बताउनुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी उपरीक्षक महत र भैरव बाहन गुल्मका प्रमुख अधिकारीले दक्ष जनशक्तिसँगै आवश्यक उपकरणले मात्र विपद्का समयमा खोज तथा उद्धारको कार्य सहज हुने भएकाले यस्ता सामग्री विपद्मा क्षति न्यूनीकरण गर्न प्रभावकारी हुने धारणा राख्नुभएको थियो ।
—
