काठमाडौँ, २३ माघ : नेपाली कांग्रेस संसदीय दलले पार्टीका पूर्वसांसद केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज शोक विज्ञप्ति जारी गरी नेपाल सरकारका पूर्वमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य बुढाथोकीको गए राति उपचारको क्रममा भएको असामयिक निधनको घटनाले आफूहरुलाई स्तब्ध बनाएको बताउनुभयो । विसं २००१ मा जन्मनुभएका नेता बुढाथोकीले २०२४ सालदेखि विद्यार्थी आन्दोलन हुँदै नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भई पटकपटक जेल पर्नुभएको थियो ।
स्व बुढाथोकी २०६४ साल र २०७० सालमा झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ बाट संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । विसं २०७३ मा सामान्य प्रशासन मन्त्री भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको कांग्रेस संसदीय दलले जनाएको छ । सरल एवं मिलनसार व्यक्तित्व बुढाथोकीले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरणमा अतुलनीय योगदान पु¥याउनुभएको थियो । उहाँको निधनले कांग्रेसलाई अपुरणीय क्षति पुगेकोे प्रमुख सचेतक लेखकले बताउनुभयो ।
प्रमुख सचेतक लेखकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार तथा आफन्तजनमा आफ्नो र नेपाली कांग्रेस संसदीय दलका तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
–––
