कांग्रेसद्वारा सञ्चारकर्मी सम्मानित

मुख्य समाचार राजनीति समाचार

काठमाडौँ, १५ फागुन : नेपाली कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकको समाचार आम जनतामाझ पु¥याउन सहयोग गरेका सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

कांग्रेसको महासमिति प्रचारप्रसार उपसमितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा महासमिति बैठकको समाचारलाई आम जनतामाझ पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरको विभिन्न सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले सञ्चार क्षेत्रको तर्फबाट महासमिति बैठकमा अहोरात्र खटेर सत्यतथ्य समाचार आम जनतामाझ पु¥याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सञ्चारमाध्यमको समाचारका कारण पार्टीलाई शुद्धीकरण र सुदृढीकरण बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीका हरेक गतिविधि आम जनतामाझ लैजानका लागि प्रचार विभागले काम गरेको भन्दै आगामी दिनमा पनि रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्वतःस्फूर्त रुपमा सञ्चारकर्मीले महासमिति बैठकका समाचार जनतामाझ पु¥याएर अतुलनीय योगदान गरेका बताउनुभयो । उहाँले पार्टीको बल भनेको भ्रातृ र शुभेच्छुक संस्था भएको बताउँदै पार्टीले अझ बढी नेपाल प्रेस युनियनसँग अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

उपसमितिका सदस्य एवं संविधानसभा सदस्य दीपकप्रसाद कुँइकेलले महासमिति बैठकलाई नेपालमात्र नभई अन्तर्राष्ट्रिय जगत्ले पनि चासोका साथ हेरेकाले सञ्चारमाध्यमको ठूलोे भूमिका रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष भीष्मराज ओझाले महासमिति बैठकमा कतिपय सञ्चारमाध्यम गठबन्धनको एजेण्डामा मात्र अलमलिएका बताउनुभयो ।

पत्रकार अनिल गिरी, उपसमितिका सदस्य सरोज अधिकारी, पत्रकार दिलिपाश्री अधिकारी, राधा खनाल, लालकुमार मोक्तान, जगत प्रजापति, महेश्वर गौतम, जगन्नाथ दुलाललगायतले महासमिति बैठकको रिपोर्टिङका क्रममा भोगेका भोगाइको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा ३६ जना पत्रकारलाई सम्मान गरिएको थियो ।