अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

आर्थिक प्रवास समाचार

काठमाडौँ, १८ फागुन : नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आजदेखि शुरु भएको छ ।

मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत मुलुकबाट करिब तीनसय कलाकार सहभागी छन्।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा कान्तिपथमा सुरु भएको मेलामा कलाकारले आ–आफ्ना लोक कला संस्कृतिको अनुभव आदानप्रदान गरेको थिए ।

यही फागुन २७ गतेसम्म मेला सञ्चालन हुनेछ । उक्त अवधिमा नेपाल प्रज्ञा प्रतिष्ठान, विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ र कास्कीमा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने आयोजक समूहका अध्यक्ष आरसी कोइरालाले राससलाई जानकारी दिनुभयो । त्यस क्रममा मुख्य पर्यटकीयस्थलमा स्थानीय लोककला, विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुति पनि हुनेछ ।